इन्द्रेणी संवाददाता
काठमाडौं, २६ पुस । सर्वोच्च अदालतका प्रधानन्याधिस गोपाल पराजुलीलाई माफियाको आरोप लगाउदै अनसन बसेका डा गोविन्द केसीलाई अदालतको अवहेलना मुद्दामा पक्राउ गर्न आदेश दिए लगतै पक्राउ परेका उनीविरुद्धको मुद्दामा आज सुनुवाई भएको छ ।
थुनछेक बहस सकिएपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले डा केसीलाई तारेखमा छाड्ने आदेश दिएको हो। सर्वोच्चले बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मा लगाई उनलाई छाड्न आदेश दिइएको हो।
चिकित्सा शास्त्र अध्ययन संस्थान को डिन डा शशी शर्मालाई पुनर्बाहाली गर्ने सर्वोच्चको निर्णयको विरोध गर्दै डा केसी सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै आमरण अनशन बसेका थिए ।