Indrenionline.com

अब मुलुकमा वाम गठबन्धनकै सरकार आवश्यक : थापा

काठमाडौं, २६ पुस । उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले अब मुलुकमा वाम गठबन्धनकै सरकार बन्नुपर्ने बताए। उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन गर्न नसके त्यो जनताका लागि ठूलो धोका हुने बताए ।

‘जनताले वाम गठबन्धनलाई नयाँ सरकार गठनको लागि म्याण्डेट दिएका छन्, जनताको म्याण्डेट अनुसार वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्छ,’ बुधबार रिपोर्टर्स क्लबमा थापाले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सरकार गठन गर्न असफल हुनुभयो भने जनताप्रतिको ठूलो धोका हुन्छ।’

उनले प्रमुख दलका शीर्ष नेताहरुले संविधान बनाउँदा गम्भीर भुल गरेकोले अहिले सरकार गठनमा भएको ढिलाइप्रति कसैले कसैलाई दोष लगाउन आवश्यक नरहेको पनि तर्क गरे।