इन्द्रेणी संवाददाता
काठमाडौं २६ पुस । केही समयदेखि स्वाथ्यमा समस्या आए पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि ब्याङ्कक जाँदैछन् । उनीसँग दुईजना चिकित्सकह पनि जानेछन्। ओली नियमित स्वास्थ्य परीक्षण उपचारका लागि थाइल्याण्डको राजधानी ब्याङ्कक आज दिउसो त्यसतर्फ जाँदैछन्।
निजी सचिव राजेश बज्राचार्य पनि ओलीका साथमा रहनेछन्। १ बजे हुने उडानका लागि ६ जनाको टिकट बुक गरिएपनि थप एकजना कसलाई लैजाने भन्ने टुङ्गो लागि नसकेको स्रोतले बतायो।