काठमाडौं, २६ पुस । प्रधानन्यायाधिश गोपाल पराजुलीको राजिनामा माग गर्दै अनसन वसेपछि अदालतको मानहानी गरेको अभियोगमा डा. गोविन्द केसीलाई पक्राउ गरियो । उनलाई हिजो मात्रै सर्वाेच्चमा वयानका लागि अदालतमा वयान लगियो ।
सर्वोच्च अदालतमा बयान दिने क्रममा डा. केसीले पराजुलीमाथि शैक्षिक योग्यता नपुगेको कुरादेखि दुईटा नागरिकता लिएको र उमेरको हद पार गरेपछि पनि प्रधानन्यायाधीशको पद ओगटेर न्यायलयलाई बद्नाम गरेको कुरा बयानमा उल्लेख गर्नुभएको छ ।
अदालतमा उभिएर बयानमा यो आरोप लागेपछि पराजुली अब प्रधान न्यायाधीशको पदमा रहन योग्य रहनु भएन । पराजुलीमाथि केसीले गम्भीर फौजदारी प्रकृतिका आरोप लगाएपछि उहाँ अब केसीको प्रतिवादी हुनुभएको छ । त्यसैले पनि न्यायालयको गरिमा कायम राख्न पराजुलीका लागि अब अदालतकै कठघरामा उभिएर केसीको आरोपको सार्वजनिक सफाई दिनुको विकल्प छैन ।
कुनै पनि बहालवाला प्रधान्यायाधीशलाई यति ठूलो आरोप यसअघि कहिल्यै लागेको थिएन । आमनागरिकलाई आश्चर्यमा पार्ने र अन्तर्राष्ट्रिय स्तरमै देशको शीर निहुरिनेगरी प्रधानन्यायाधीशमाथि इतिहासमै गम्भीर आरोप लागेको छ ।
पराजुलीको नागरिकता विवाद, उमेर फेरबदल, नातेदारको नियुक्तिलगायतको विवाद उठाउँदै केसीले यसको छानबिन हुनुपर्ने माग गर्नुभएको छ । नागरिकता र उमेरसम्बन्धी विवाद छानबिन हुनुपर्ने भन्दै केसीले पराजुलीको उमेर गत असारमै ६५ वर्ष पुगिसकेकाले नैतिकताको आधारमा पदमा रहिरहन नमिल्ने उल्लेख गरेका छन् ।