काठमाडौँ, २३ पुस । निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आज निधन भएको छ ।
प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहनुभएको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिनुभयो ।
विनायकसुधा भिएस निकेतनका संस्थापक प्रिन्सिपल उहाँ विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० बाट समानुपातिक सभासद् हुनुहुन्थ्यो । रासस