Indrenionline.com

राष्ट्रियसभाको निर्वाचन माघ २४ मा गर्ने सरकारको निर्णय

काठमाडौं, २१ पुस । सरकारले राष्ट्रियसभा चुनावको मिति माघ २४ गतेलाई तोकेको छ । आज शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राष्ट्रियसभा सदस्य पदका लागि माघ २४ गते चुनाव गर्ने निर्णय गरेको हो ।

सत्ता हस्तान्तरणका लागि छिटो राष्ट्रियसभा चुनावको मिति तोक्न वाम गठबन्धनले आग्रह गरिरहेका बेला सरकारले एक महिनाभन्दा बढीको समय राखेर चुनावको मिति घोषणा गरेको हो । मन्त्री बस्नेतका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक वर्ष थपिएको छ ।