Indrenionline.com

फर्निचर व्यवसायीको हत्याको जिम्मा मनोज पुनले लिए

इन्द्रेणी संवाददाता
बुटवल, २१ पुस । रुपन्देहीको देवदह–२ का फर्निचर व्यवसायी बलु भनिने बसन्त पौडेलको हत्याको जिम्मा फरार अभियुक्त मनोज पुनले लिएका छन् । पुनले त्यहाँका सञ्चारकर्मीहरुलाई फोन गरेर हत्याको जिम्मा लिएको बताइएको छ ।

व्यवसायी पौडेलको आज विहान ११ बजेतिर गोली हानी हत्या गरिएको थियो । गोली लागेर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

मोटरसाइकलमा आएका दुई जनाको समूहले उनको टाउको गोली प्रहार गरी भागेको प्रहरीले बताएको छ। पौडेल एमाले नेता निलकण्ठ पौडेलका छोरा हुन।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ। वर्षैपिच्छे गोली हानेर हत्या भएपछि देवदहका स्थानीय त्रसित बनेका छन्। मनोज पुनमाथि गत वर्षको पुस ४ गते देवदह खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ।