बाँके, १९ पुस । बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा हाइसको ठक्करबाट चिुतवाको मृत्यु भएको छ।
राप्ती सोनारी गाउँपालिका(१ को बाघखोर भन्ने स्थानमा हाइसले चितुवालाई ठक्कर दिएको राष्ट्रिय निकुन्जले बताएको छ। चितुवालाई ठक्कर दिएर फरार भएको हाइससहित चालक प्युठानका ऐमलाल रानालाई अमेलिया प्रहरीले नियन्त्रणमा लिएको छ।