Indrenionline.com

पेट्रोलियन पदार्थको मूल्यबृद्धिको विरोध, झडप हुँदा दर्जनौं घाइते

काठमाडौं, १८ पुस । पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धिको बिरोध गर्दै आन्दोलनमा उत्रिएका एमाले निकट अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ ।

सडक कब्जा गरी नाराबाजी गरिरहेका आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते भएको अखिलले जनाएको छ । सरकारले हिजोमात्र पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो ।