शंकर के सी
सल्यान, १८ पुस ।बुद्ध नेपालमा होइन, भारतमा जन्मेका हुन् भन्ने भ्रम विश्वमा अझै कायम छ । यो भ्रमलाई चिर्न धेरै किसिमका प्रयासहरु भएका छन् ।
प्रेम विवश घर्ती र स्मृती शाहिको स्वरमा सजियको लोक लयको यस राष्ट्रिय गितमा अभिनय पनि गायक स्वयम घर्ती, लक्ष्मी वोहोरा, प्रवेश घर्ती र प्राप्ती सुवेदीले गरेका छन् । र सत्यवती कला केन्द्रको नृत्य पनि देख्न सकिन्छ । शव्द संगीत पनि घर्तीकै छ ।
गितको एरेन्ज अर्जुन कौशलले गरेका हुन् भने अदिराम खड्काले भिडियोको निर्देशन गरेका छन् । यस राष्ट्रिय गीतको भिडियोमा देवराज आचार्यको छायांकन र नविन घर्ती मगरको सम्पादन छ ।