इन्द्रेणी संवाददाता
काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक केहि समय अगाडि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ ।

बैठकमा नेकपा एमाले सँगको पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति, सरकार गठन लगायतका विषयमा गहन छलफल हुने बताइएको छ ।
त्यसैगरी बैठकमा पार्टी एकतामा विषयमा विभिन्न मोडेलमा र सरकारका सम्बन्धमा विस्तृत रुपमा छलफल हुने माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले जानकारी दिए ।