Indrenionline.com

ट्याक्टर पल्टिदा दुईको मृत्यु, एक जना घाइते

धादिङ, १८ पुस । धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुममा ट्याक्टर पल्टिदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।

त्रिपुरासुन्दरी गाउँपालिकाको आरुघाट बजारबाट बालुवा लिएर बुढाथुम जाँदै गरेको नम्बर प्लेटसमेत नलेखिएको अनटेस्ट ट्याक्टर सोमबार राती सडकबाट २५ मिटर तल पल्टिर दुर्घटना भएको सल्यानटार प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना गाउँपालिका वडा नम्बर ६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा घाइते भएका अर्का यात्रु सरोज परियारको आरुघाटमा उपचार भइरहेको छ।