Indrenionline.com

माओवादी केन्द्रको बैठक आज

काठमाडौँ, १८ पुस । मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा ९एमाले० सँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न नेकपा ९माओवादी केन्द्र०ले मङ्गलबार केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक मङ्गलबार दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ ।
पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको मङ्गलबार बस्ने बैठकलाई अर्थपूर्ण रूपमा लिइएको छ ।