चितवन, १६ पुस । चितवनको विकट गाउँ लोथरस्थित ठूलो क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाखेती प्रहरीले नष्ट गरेको छ । चितवनको राप्ती नगरपालिकाको पहाडी इलाका लोथरस्थित बाखराङ, यौरालीटार, कालिकाटार, धनवाङलगायत क्षेत्रमा झण्डै नौ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।
प्रहरीका अनुसार राप्ती नगरपालिका वडा नं १२ स्थित बाख्राङ गाउँस्थित दुई बिगाहा १० कट्ठा जग्गामा लगाइएको गाँजा नष्ट गरिएको हो । यस्तै सोही नगरपालिकाको वडा नं १३ कालिटारमा तीन बिगाहा १० कट्ठा, वडा नं १२ स्थित यौरालीटार र धानबाङ गाउँमा दुई बिगाहा १८ कट्ठामा लगाइएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।