Indrenionline.com

गजल / शरद पोख्रेल

sharad pokhrel

हल्का फुल्का तनाब नभए के जिन्दगी

तनाबमै जिउने दबाब नभए के जिन्दगी

रित्तो खल्ती नहुनेहरूलाई थाह नहोला
केही कुराको अभाब नभए के जिन्दगी

दलदासको ईसारामा सास फेर्नेहरू हो
जिउने आफ्नै स्वभाब नभए के जिन्दगी

घाइते मुटु हेर्दै अझै पनि भन्दैछ सराबी
साझबिहान यो सराब नभए के जिन्दगी