काठमाडौँ, १४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी शक्तिहरुले अन्तिम प्रयास भइरहेको भन्दै आफूलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी खेल भइरहेको छ’, नेपाल पर्वतारोहण संघको दशौँ साधरणसभालाई सम्बोधन गर्दै उनले भने, ‘यी कुनै पनि प्रयास काम लाग्ने छैनन् एमाले–माओवादी केन्द्रसमेतको चुनावी तालमेलबाट सरकार बन्छ ।’
वाम गठबन्धनको सरकार बनाएर मुलुकमा सुशासन कायम हुन्छ, आर्थिक समृद्धि ल्याएरै छाड्ने ओलीको भनाइ थियो ।