काठमाडौं, १४ पुस। लामो समय विवादमा रहेको राष्ट्रसभासम्बन्धी अध्यादेश अन्ततः राष्ट्रपतिले आज प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेपछि आफ्नो तर्फबाट गर्नुपर्ने जिम्मेवारी पूरा गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सहमति र सहकार्य गर्दै अघि बढ्न सुझाव दिएको राष्ट्रपतिका प्रेस संयोजक माधव शर्माले जानकारी दिए ।