Indrenionline.com

आफ्नै श्रीमानको मासु खाने महिला पक्राउ

इन्द्रेणी संवाददाता
दाङ १३ पुस । दाङमा आफ्नै श्रीमानको मासु पोलेर खाने महिलालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमानले रक्सी खाएर दिनहु आफुलाई सताएको भन्दै तुलसीपुर उपमहानगरपालिका १ की रिसमी महताराले आफ्नै श्रीमान् चन्द्रबहादुरकोे हातका ४ वटा औंला काटेर पोलेर खाएकी हुन् ।

हिजो बुधबार साँझ रक्सी खाएर मातेर आएका श्रीमान् लाई रिसमीले दायाँ हातको चार वटा औंला काटेर पोलेर खाएकी हुन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकास सापकोटाका अनुसार श्रीमानको औला काटी पोलेर खाएको रिसमीले प्रहरी समक्ष बयान दिएकी छन् ।

चार वटा औंला काटिएपछि चन्द्रबहादुरको अवस्था गम्भीर छ भने दाङ तुलसीपुरमा सामान्य उपचार गरि थप उपचारकालागी नेपालगञ्ज रिफर गरिएको छ ।