काठमाडौं, १३ पुस । निर्माण सामग्रीको विषयलाई लिएर काठमाडौं महानगरपालिका र पुरातत्व विभागको मत बाझिएपछि रानीपोखरी पुननिर्माण कार्य फेरी स्थगित भएको छ ।
रानीपोखरी पुननिर्माणमा प्रयोग भएका निर्माण सामग्रीको विषयलाई लिएर महानगरपालिका प्रमुख शाक्य र उप–प्रमुख प्रभा खड्की बीचको विवादले पछिल्लो समय उग्र रुप लिएको थियो । यसैबीच पुरातत्व विभागले समेत यस विषयमा दिएका अभिव्यक्ति बाझिएपछि रानीपोखरी पुननिर्माण कार्य प्रभावित भएको हो ।
समितिमा पूर्व महानिर्देशक सुर्यभक्त साँगाछे, राष्ट्रिय पुननिर्माण प्राधिकरणका सम्पदा महाशाखा प्रमुख राजु मानन्धर, संस्कृतिविद सुदर्शनराज तिवारी, पुरातत्व विभागका स्ट्रक्चरल इन्जिनियर पुरुषोत्तम डंगोल लगायत छन् । समितिका सदस्य सचिव काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा छन् भने सल्लाहकारमा रक्षामन्त्री भिमसेनदास प्रधान, प्रदेश सभा सदस्य केशव स्थापित र राजनीतिकर्मी रञ्जु दर्शना रहेका छन् ।