काठमाडौं, १२ पुस । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ सरकार र पार्टी एकता सँगसँगै हुने बताएका छन् । तर नयाँ सरका गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले अवरोध गरिरहेको आरोप लगाएका छन् ।
सरकार गठनका विषयमा बाम गठबन्धन भित्र विवाद नरहेको दावी गर्दै नेपालले झण्डै २ तिहाई बहुमत ल्याएको बाम गठबन्धनले नै नयाँ सरकार बनाउनेमा दुई मत नभएको बताए ।