रुकुम, १२ पुस । पश्चिम रुकुम–पोखरा डिलक्स बस सेवा सञ्चालन हुने भएको छ । पश्चिम रुकुमको मुसिकोटबाट पोखरसम्म सुविधा सम्पन्न डिलक्स बस सेवा सञ्चालन हुन लागेको हो ।
यसअघि पोखरा रुकुम बस सेवा नहुँदा स्थानीय दाङ, नेपालगञ्ज, बुटवल तथा काठमाडौंका गाडीमा यात्रा गर्न बाध्य थिए । रुकुमको सानीभेरी यातायात सेवा समिति र पोखराको पृथ्वी राममार्ग बस सञ्चालक समितिबीच रुकुम पोखरा यातायात सञ्चालन गर्ने सम्झौता गरेको छ ।