इन्द्रेणी संवाददाता
काठमाडौँ १२ पुस । सुनसरी ३ बाट पराजित प्रतिनिधिसभाकी उम्मेदवार भगवती चौधरीले सुनसरी ३ मा पुनःमतगणना माग गर्दै अदालत गएकी छन् । चौधरीले मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट दायर गरेकी हुन् ।
सर्वोच्चबाट मुद्दाको किनारा नलागेसम्म नेपाली कांग्रेसबाट विजयी भएका विजयकुमार गच्छदारले सथप रोक्न माग गरिएको चौधरीका कानुनी सल्लाहकार विनोद कुमार चौधरीले बताए ।