कालीकोट, ९ पुस । कालीकोटमा बिहान दुई घण्टाको लागि कर्फ्यु खुलेको भएपनि पुनः अनिश्चितकालका लागि लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार दुई घण्टाको लागि खुलेको भएपनि पुन अनिश्तितकालिन कर्फ्यु लगाइएको छ ।घटना बारे छानविन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव डा। मानबहादुर विकको संयोजकत्वमा गठन गरेको समितिले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
उता मृतकका आफन्तले भने छानविन समितिमा सरकारका मान्छेमात्र रहेको र जिल्लाका जनप्रतिनिधिहरु नभएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।