काठमाडौं, ९ पुस । सर्वाेच्च अदालतले कैलाली टीकापुर प्रमुख फरार अभियुक्त रेशम चौधरीलाई पक्राउ गर्ने बाटो खोलिदिएको छ । कैलालीका निर्वाचन अधिकृतविरुद्ध चौधरीले दर्ता गराएको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले आइतबार दिएको आदेशसँगै उनलाई पक्राउ गरी कारबाही अघि बढाउने बाटो खुलेको हो ।
‘आफूविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको जानकारी राख्ने यी निवेदक )रेशम चौधरी) ले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पुर्जी समेतको अवज्ञा गरिरहेको प्रष्ट देखिन्छ’ , सर्वोच्चको आदेशमा भनिएको छ, ‘अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एमव् प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउँछ भन्नु कदाचित मिल्दैन । अभियोग लागेका व्यक्तिले कानुन वमोजिम सफाई लिनुपर्ने हुन्छ ।’
मोक्तानको इजलासले उक्त आदेश दिएसँगै कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभामा चौैधरीले सांसदको प्रमाणपत्र पाउन दिएको निवेदन पनि दर्ता नहुने भएको छ ।