काठमाडौं, ९ पुस । नेकपा एमाले-माओवादी मूल नेतृत्व पार्टी एकतामा दृढ देखिएको छ। पार्टीका अन्य केही नेता विपक्षमा उभिन खोजे पनि नेतृत्व भने एकतामा अडिग देखिएको हो। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका अभिव्यक्ति र कार्यशैलीले पनि एकतामा आशंका गर्ने ठाउँ साँघुरिँदै गएको नेताहरू बताउँछन्।
गोपाल किराँती, विश्वभक्त दुलाल ९आहुति० लगायत केही नेताले एकताको विपक्षमा बोल्न थालेपछि दाहालले त्यस्तो टिप्पणी गरेका हुन्। बरु उनले नेता(कार्यकर्तालाई त्यही कार्यक्रमबाट भने, ‘एकताका लागि तपाईंहरूले पनि नेतृत्वलाई बल दिनुस्।ु
ओलीले पनि तीन दिनअगाडि काठमाडौंको एक कार्यक्रममा आफ्नै नेताहरूलाई खबरदारी गर्दै भनेका थिए, ‘एकताको विरोधमा कसैले जिब्रो निकाल्न सक्छन् तर रोक्न सक्दैनन्।ु
शीर्ष नेता नै सकारात्मक रहेका कारण अब दुई पार्टी एकतामा आशंका गर्ने ठाउँ नरहेको माओवादी पोलिटब्युरो सदस्य हेमराज भण्डारीले बताए। पार्टी एकता संयोजन समितिको बैठक बस्न भइरहेको ढिलाइले भने अझै आशंका जन्माइरहेको छ। शनिबार एकता संयोजन समितिको बैठक बस्ने नेताहरूले बताए पनि तीन दिन पछि सरेको छ। अब समितिको बैठक ११ गते मात्रै बस्ने माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। माओवादी अध्यक्ष दाहाल आइतबार र सोमबार दुई दिन गृहजिल्ला चितवनको कार्यक्रममा ब्यस्त रहने भएकाले बैठक सरेको हो। अन्नपूर्ण पोष्टबाट