भैरहवा, ८ पुस। पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभातर्फको समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेको बताउनुभएको छ।
‘एक–दुई जनाले विरोध गरेर पार्टी एकता रोकिँदैन। शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन। कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन् । तर, विकास, समृद्धि र समाजवादको रेल अघि बढ्छू प्रचण्डले भन्नुभयो, ‘को नेताले के भने, त्यसको पछि नलाग्नुस्। एमाले९माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान् । तर, हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुंग्याउँछौं । एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस् । बरु एकताका लागि नेतृत्वलाई बल दिनुस् ।
अध्यक्ष प्रचण्ड र चक्रपाणि खनाल ‘बलदेव’ को सम्मानमा नेकपा माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभासम्बन्धि देखिएको विवाद छिटै अन्त्य हुने प्रचण्डले बताए । उहाँले भन्नुभयो– ‘बहुमतीय कि एकल संक्रमणीय भन्ने विवाद छलफलबाटै टुङ्गिन्छ । अब देश राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्छ।’