घोराही, ५ असार । गणेश केके प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी जिल्लाका एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरु गरी दुई सय जनालाई करिव तीन लाख बराबरको कपडा सहयोग गरिएको छ । गणेश केके प्रतिष्ठान दाङको आयोजना तथा महिला तथा बालबालिका कार्यालयको सहयोगमा एकल महिलाहरुलाई सारी,अपाङ्गता भएका व्यक्तिाहरुलाई उमेर अनुसार सर्ट,पाइन्ट,महिलाहरुलाई सुरुवाल कुर्ता,सारी लगायतका सामाग्रीहरु सहयोग गरेको हो । प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा पोलिटव्यूरो सदस्य गोपालमणि गौतम,सासद कमला विकसँगै गणेश केकेकी आमा निर्मलादेवी केसी लगायतले कपडा वितरण गर्नुभएको थियो ।
प्रतिष्ठानकी सदस्य लिला विकको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा सासद कमला विक,नेपाली काग्रेसका जिल्ला सचिव शंकरप्रसाद डागी,जिल्ला प्रहरी कार्यालय दाङका डिएसी प्रकाशराज शर्मा,जिल्ला बाल कल्याण अधिकृत श्रीधर ज्ञवाली,नागरिक समाज दाङका सयोजक टिकाराम रेग्मी,नेपाल पत्रकार महासघ दाङकी कार्यबाहक अध्यक्ष लक्ष्मी आचार्य,नेकपा माले सल्यान जिल्ला सचिव बलबहादुर गिरी,अखिल पाँचौका केन्द्रीय महासचिव कपिलदेव पोख्रेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव नेत्रप्रकाश पाण्डेले गर्नुभएको थियो ।