Indrenionline.com

कालिकोटमा प्रहरी र म्यादी प्रहरीबीच झडप, एक म्यादीको मृत्यु

कालिकोट, ७ पुस । तलवको विषयलाई लिएर कालिकोटमा म्यादी प्रहरी र प्ररहीबीच झडप भएको छ । झडपमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सानीत्रिवेणी गाउँपालिका ४ का विवेक ऐडी रहेका छन् ।

सरकारले तोकेअनुसारको तलब नपाएपछि आक्रोशित भएर नाराबाजी गरेका म्यादी प्रहरीमाथि सुरुमा प्रहरीले अश्रुग्यास हानेको थियो भने भीड नियन्त्रण नभएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर ती म्यादी प्रहरीको ज्यान गएको बताइएको छ ।