सिरहा, ७ पुस । सिरहाको मालपोत कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ । वम विष्फोटमा तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा सिरहा नपा १ का पवन पासवान, सिरहा नपा ७ का राजकुमार पासवान र उनका छोरा रोषण पासवान घाइते भएका हुन्।
उनका अनुसार कुकर बम विस्फोट भएको छ। बम कसले विस्फोट गराएको विषयमा केही खुल्न नसकेको र अनुसन्धान भइरहेको उनले बताए। अहिले घाइतेको उपचार भइरहेको अस्पताल र घटना स्थलमा सर्वसधारणको भिड लागेको छ। बम विष्फोट मालपोत कार्यालयको पहिलो तल्लामा भएको जनाएको छ ।