Indrenionline.com

अध्यादेशमा सहमति जुट्न सकेन

काठमाडौँ, ७ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशका बारेमा छलफल गर्न आज बालुवाटारमा बोलाएको सर्वदलीय बैठक विना सहमति सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान बोलाएको बैठकमा दलहरुले पूर्ववत अडान नछोड्दा सहमति जुटन नसकेको बताइएको हो ।
बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले पहिला सहमति गरेर अध्यादेश राष्ट्रपतिकोमा पठाउनुपर्नेमा पहिला अध्यादेश पठाएर अहिले सहमति खोजेकाले सहमति नभएको बताए ।

त्यस्तै काङ्ग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राष्ट्रपति समक्ष सरकारले पेश गरेको अध्यादेश प्रमाणिकरण नभएसम्म सहमति नहुने दावी गरे ।