विराटनगरको जलजला चोकमा रिक्सा चालक लाइ कुट्ने ट्राफिक जवान कारबाहीमा पर्ने भएका छन्। रिक्सा चालकलाई लात्तीले हान्दै गरेको तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ बनेपछि इटहरीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले कारबाहीप्रक्रिया थालेको हो।
उनले मातहतका सबै ट्राफिक प्रहरीलाई व्यवहार सुधार्न सर्कुलर पनि पठाइसकेको बताए। गिरीले एउटा प्रहरी कर्मचारीको गल्तीलाई देखाएर पूरै संगठनको बदनाम हुनेगरी सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले थप दुःखी बनाएको बताए। ‘सामाजिक सञ्जालमा पूरै संगठनलाई बद्नाम पार्नेगरी प्रतिक्रिया आउनु झन् दुःखद् छ,’ गिरीले भने।