काठमाठौं, २ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको गठन नगरी सरकार हस्तान्तरण नगर्ने बताएपछि नेकपा एमाले र माओवादी केन्द्रले आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना धारणा सार्वजनिक गरेको छ ।
उनले वाम गठबन्धनलाई अगाडि बढ्ने अधिकार जनताले दिएकाले यो प्रक्रियालाई कसैले रोक्न समेत दावी गरे । ओलीले निर्वाचनको मतपरिणाम आइसकेको अवस्थामा सरकारले सरुवा, बढुवा, नियुक्ति गरेर लोकतान्त्रिक मान्यता विपरित गतिविधि सञ्चालन गरेकोप्रति समेत आपत्ति जनाए ।
पार्टी एकताको फरक प्रशंगमा अध्यक्ष ओलीले एमाले माओवादी पाटी एकीकरण छिट्टै हुने भन्दै त्यो समय धेरै टाढा नभएको बताए । एकीकरण भएपछि पाटी अध्यक्ष को हुने भन्नेमा विवाद नभएको ओलीले बताए । ओलीले भने, ‘मलाई अध्यक्ष चाहिने भए म पनि अध्यक्ष छु । प्रचण्डजी पनि अध्यक्ष हुनुहुन्छ । हाम्रो ध्यान अध्यक्षतिर भन्दा पनि देशले भोगिरहेको समस्या र समाधानतिर छ, जनताको इच्छा आकाक्षा पुरा गर्नेतिर छ । पद ठूलो कुरो होइन छलफल गरेर निर्णयमा पुग्न सकिन्छ ।’