Indrenionline.com

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न देउवालाई ओलीको आग्रह

भक्तपुर, १ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

ओली निवास बालकोटमा आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यस्तो आग्रह गरेका हुन् । उनले निर्वाचनको परिणाम आइसकेकाले अब काँग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने समेत बताए ।

अध्यक्ष ओलीले राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैर संवैधानिक अध्यादेश राष्ट्रपतिसमक्ष लगेको उल्लेख गर्दै गैर संवैधानिक अध्यादेश पारित गर्न नहुने बताए । अध्यक्ष ओलीले आयोग संविधान र कानूनअनुसार चल्नुपर्ने बताउँदै प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि व्यक्त गरे।