अर्काको नाममा इपिएस परीक्षा दिने ३२ जना पक्राउ केशरमान बुढाथोकी 10 years ago काठमाडौं,५ असार । इपिएस परीक्षामा अर्काको नाममा परीक्षा दिने ३२ जना नक्कली परीक्षार्थीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट २३ जना र ललितपुरबाट ९ जना गरी ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।