रसुवा, २८ मंसिर । उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ ।
सरदरमा दैनिक रू। एक करोड राजस्व असुली गरिरहेको रसुवा भन्सार कार्यालयले चालू आवको यस अवधिमा ९९ करोड ८५ लाख राज्यकोष दाखिला गरिसकेको प्रमुख भन्सार अधिकृत कोइरालाले बताए । भन्सार परीक्षणको कार्य पनि छिटो छरितो भइरहेको बताइएको छ । रासस