काठमाडौ, २८ मंसिर । सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम आउदै ग¥यो अनि संसदिय दलको पहिलो पाटी बनेको नेपाली काग्रेस यसपटकको चुनावमा नराम्रोसँग पछारियो । प्रत्यक्षतर्फ तेस्रो पार्टी बन्यो । त्यतिखेरै काग्रेसका नेता गगन थापा लगायतका केही नेताले नै भन्दै थिए । काग्रेसको नेतृत्वको कम्जोरीका कारण काग्रेसको अपेक्षाकृत नतिजा नआएको हो ।
कांग्रेस नेताहरु गगन थापा, डा रामशरण महत, धनराज गुरुङ, डा शेखर कोइराला लगायतले कांग्रेसलाई पुर्नजीर्वन दिन पार्टीभित्र सुद्धिकरण आवाश्यक रहेको समेत बताइसकेका छन् । ‘कांग्रेसभित्र ठूलै रिफर्म गर्न आवश्यक छ, यसो नगरिए कांग्रेस अबको केही समयपछि इतिहासमा परिणत हुनसक्छ’, शेखर कोइरालाले बताए ।
यसरी शिर्षनेताहरु पार्टीको नेतृत्व नै फेर्ने गृहकार्यमा जुटको काग्रेस स्रोतले जनाएको छ । चुनावमा अपेक्षाकृत परिणाम नआउनुमा केही मतदाता त केही नेता कार्यकर्ताहरुको कम्जोरी रहेपनि मुख्य कम्जोरी नेतृत्वबाटै भएको कांग्रेस नेताहरुको ठम्याइ छ । पार्टीभित्र नेतृत्व परिवर्तको कुरा उठिसकेकाले अब देउवाले पार्टीको नेतृत गर्ने समय छोटिदै गएको छ । यसैपटक नै देउवालाई नेतृत्वबाट अवकार दिने तयारी छ । काग्रेसभित्र अहिले देउवा अत्यन्तै आलोचित भइरहेको स्रोतले जनाएको छ ।