काठमाडौं, २८ मंसिर । सरकारले आजै सात वटै प्रदेशका अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने तयारी गरिरहेका वेला नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकमा कामचलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने बताएका छन् ।
मुलुकमा कम्युनिष्ट शक्तिले जनतालाई अधिकार सम्पन्न बनाउन लामो समय संघर्ष गरेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले वाम गठबन्धनको सरकार बनेपछि अधिनायकवाद तथा एकतन्त्रिय शासन नआउने प्रष्ट पारे ।
जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिका कार्य चाँडो शुरु गरिने बताउँदै उहाँले पाँच वर्ष भित्रमा आर्थिक सशक्तिकरणका माध्यमबाट सामाजिक रुपान्तरण गरी देशको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे ।
