भरतपुर, २६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभा सदस्यमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका छन् ।
सोमबार सांसदमा निर्वाचित भएपछि अध्यक्ष प्रचण्डले मंगलबार बिहानैदेखि आफ्नो क्षेत्रका मतदातालाई धन्यवाद दिन घरदैलो शुरु गरेका हुन । मंगलबार अध्यक्ष प्रचण्डले शिवनगर, महेन्द्रचोक, फूलवारी, मंगलपुर, विजयनगर, रामपुर, चनौली बजार, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेवरनगर, शुक्रनगर, पार्वतिपुर, हुँदै लाहुरेचोकका मतदातालाई धन्यवाद दिए ।
मतदातालाई धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले भने, “चितवनको विकास र समृद्धिको नेतृत्व गर्ने अवसर दिनुभएकोमा यहाँहरुलाई धन्यवाद छ। अब देश राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको छ। सम्पूर्ण तागत लगाएर चितवन र समग्र नेपालको विकासका लागि मैले आफूलाई समर्पित गर्नेछु।”
एभरेष्ट दैनिकबाट