सिमिकोट, २६ मंसिर । हुम्लालगायत उच्च हिमाली भेगमा बाक्लो हिमपात गरेको छ । सोमवारदेखि त्यस क्षेत्रमा वाक्लो हिमपात भइरहेको र चिसो अत्यधिक वढेको छ ।
हिउँका कारण चीनसँग सिमा जोडिएको उत्तरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको छ । उच्च हिमाली भेगमा हिमपात हुने क्रम वढेपछि पहाडी र दाङलगायतका जिल्लाहरुमा समेत अन्य दिनभन्दा चिसो वढेको छ ।
तर चिसो वढेपनि लामो समयसम्म पानी नपरेकाले त्यहाँका किसानहरु खुसी भएका छन् । गएको असोज अन्तिम सातादेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेकोमा दुख मनाउ गरिरहेका कृषकलाई भने यो हिमपातले खुसी बनाएको स्थानीय किसानहरु बताउछन् ।
यसैगरी हिमपातले अत्याधिक चिसो बढेपछि हुम्लाका उत्तरी क्षेत्रमा भएका २ प्रहरी चौकी सरेका छन् । नेपाल चीन सिमानाको हिल्सा प्रहरी चौकी र लिमि चिसोले सरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।