इन्द्रेणी संवाददाता
कैलाली, २६ मंसिर । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
को हुन् रेशम ?
रेशम चौधरीको कैलालीमै फूलवारी एफ एम र फूलवारी रिसोर्ट सञ्चालनमा रहेको थियो । तर टिकापुर घटनापछि एफएम र रिसोर्टमा आक्रोसितहरुले तोडफोड गरेपछि अहिले दुवै बन्द छन् । दरबार हत्याकाण्ड अघिसम्म रेशक चौधरी दरबारका मान्छे थिए । दरबारमा खेल सिकाउने र बेलाबेला गीत गाएर मनोरञ्जन दिलाउने पात्र हुन् रेशम ।
२०६२/०६३ को आन्दोलन अगाडि राजाले शासन हातमा लिएको बेला हुने नागरिक अभिनन्दनको चाँजोपाँजो मिलाउने काम रेशमले नै गरेका हुन् । चौधरी कैलाली टिकापुर हत्या काण्डका योजनाकार समेत मानिएका छन् । उनी अहिलेसम्म फरार रहेका छन् ।