Indrenionline.com

प्रधानमन्त्री देउवा र उपप्रधानमन्त्री महरा बिच संवाद , केही दिनमा दाङ अस्थायी राजधानी तोकिने

इन्द्रेणी संवाददाता
काठमाडौ २६ मंसिर । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री कृष्णबहादुर महरा बिच संवाद भएको छ । नयाँ संबिधान लागु भएपछि भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्न भए लगतै चुनाव सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै प्रधानमन्त्री र उपप्रधानमन्त्रीले अब देशलाई नयाँ संरचनामा लैजाने संवाद भएको हो ।

संवादमा देश अब नयाँ संरचना जाने निश्चित भै सकेकाले सबै प्रदेश हरुमा प्रदेशको अस्थायी राजधानी तोक्ने कुरा भएको हो । त्यसै अनुरुप छिटै ५ नम्बर प्रदेशको राजधानी दाङ तोक्ने उपप्रधानमन्त्री महराको प्रस्तावमा प्रधानमन्त्री देउवा सकारात्मक भएको महरा निकट श्रोताले बताएको छ । राजधानी सहित तत्कालका लागि नियमित काम संचालनका लागि राज्यपाल पनि तोकिने छ ।