काठमाडौं, २५ मंसिर । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू पराजित भए पनि वाम गठबन्धनको सानदार विजयबाट अत्यन्त खुसी भएको बताएका छन् ।
उनले आफू संसद्मा नहुँदैमा वाम गठबन्धनले अभाव महसुस नगर्ने बताए । ‘म पराजित हुँदैमा वाम गठबन्धन र पार्टी एकतासम्मको अभियानमा कुनै कमी हुँदैन, म वाम पार्टी एकता अभियानमा सक्रिय रूपमा लाग्नेछु । जहाँसम्म संसद्मा मेरो उपस्थिति नहुने कुरा छ, धेरै साथीहरू विजयी हुनुभएको छ, मेरो अभावले कुनै नोक्सान हुँदैन ।’ नयाँ पत्रिकाबाट