इन्द्रेणी संवाददाता
उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार कृष्णबहादुर महराले आफ्ना मतदातालाई एक विज्ञप्ति जारी गरी धन्यवाद दिएका छन् । आज २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा आम मतदाताहरुको अत्यन्तै उत्साहजनक सहभागिता भएको भन्दै उनले चुनाव सम्पन्न गर्न आ – आफ्नो तह र तप्का बाट सहयोग गर्ने सम्पूर्ण लाइ उनले धन्यवाद दिएका हुन् ।