घोराही, ४ असार । प्रेस सेण्टर नेपाल दाङको पदाधिकारी बैठक शनिवार घोराहीमा सम्पन्न भएको छ । सेण्टरका अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एवं सेण्टरका केन्द्रिय सचिवालय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य गणेश वलीको विशेष उपस्थितिमा बसेको बैठकले संगठनको कोष तथा खाताको समिक्षा गरेको छ । बैठकमा क्रान्तिकारी पत्रकार संघ र महासंघबीच एकता हुनुभन्दा पहिलेको आर्थिक अबस्था र आगामी कार्यक्रमको विषयमा समिक्षा गरिएको थियो ।
बैठकमा बोल्दै प्रमुख अतिथि प्रेस सेण्टरका केन्द्रिय सचिवालय सदस्य अजयदीप शर्माले संगठनलाई व्यवस्थित र प्रभावकारीरुपमा सञ्चानका लागि स्पष्ट योजना तयार गर्नुपर्ने बताउनुभयो । उहाँले संगठनलाई आन्तरीक र सांगठनिक रुपमा चुस्त दुरुस्त बनाउनुपर्ने तथा आवाजविहिनका आवाजनहरुलाई बाहिर ल्याउन ग्रामीण क्षेत्रमा पुग्न निर्देशन दिनुभएको थियो ।