काठमाडौं, २० मंसिर । नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्साको इजाजत रद्द गरेको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालिले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कम कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिए। रासस