दाङ, १६ मंसिर । बाम गठबन्धनका उम्मेदवारहरुले चुनावपछि बन्ने बाम सरकारले समाजवादी कार्यक्रमको शुरुवात गर्ने बताएका छन् । उनीहरुले जनताका आधारभूत सेवामा राज्यको दायित्व बढाउँदै लैजाने पनि बताएका छन् । उनीहरुले कोही जनता अभावमा रुनुनपर्ने पनि बताएका छन् ।
एमाले स्थायी कमिटी सदस्य एवं दाङ २(१) का उम्मेदवार शंकर पोख्रेलले बाम सरकारको जोड जनताको आधारभूत सेवामा रहने बताउनुभयो । सरकारी विद्यालयमा निजी सरह पढाइको ब्यवस्था गर्ने उल्लेख गर्दै उहाँले सरकारीमा भर्ना नपाएपछि मात्रै बोर्डिङमा जाने अवस्था सिर्जना गर्ने बताउनुभयो । सबै जनताको स्वास्थ्य वीमा गरेर कोही पनि नागरिक रोगले नमर्ने अवस्थाको सिर्जना गर्ने उल्लेख गर्दै उहाँले ७७ वटै जिल्लामा जनता आवास कार्यक्रममार्फत गरीब जनताका घर राज्यले बनाइदिने बताउनुभयो ।
उहाँले सामाजिक सुरक्षा भत्ता ५ हजार पु¥याउने, सुत्केरीका लागि पाँच हजार पोषण भत्ता ब्यवस्था गर्ने र बेरोजगारी अन्त्य गर्ने बताउनुभयो । दुबै उम्मेदवारले सवारीकोटलगयत दाङका पहाडी क्षेत्रमा हिल स्टेशन स्थापना गरेर पर्यटन प्रबर्धन गर्ने बताउनुभयो । कार्यक्रममा कोमल ओली, कमल गाउँले, रक्तबीच सांस्कृतिक परिवार र स्थानीय मालाश्री बालयुवा क्लबका कलाकारले सांगीतिक प्रस्तुति देखाएका थिए । शम्भु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन गेदलाल रिजालले गर्नुभएको थियो ।