काठमाडौं, १६ मंसिर १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हात मिलाउँदै दुबै भएर पार्टीलाई एक बनाउनुपर्ने जिम्मेवारी रहेको बताएका छन्।
उनले वाम गठबन्धन मिलेर चुनावमा चुनाव जानु जनताको सुख र देशको गौरवको लागि भएको बताए।नेपालले जनताको समृद्धिका लागि वाम गठबन्धनको जित आवश्यक रहेको बताए।
कार्यक्रममा नेपालले प्रचण्ड देशलाई निर्णायक मोड दिन सक्ने नेता भएको दाबी गरे। भने‘नेपाली राजनीतिलाई निर्णायक मोड दिनसक्ने नेता उहाँ हुनुहुन्छ।’ प्रचण्डको आग्रहमा दुबै नेता एक ठाउँमा उभिएको उल्लेख गर्दै नेपालले भने,‘मलाई पनि सँगसँगै उभिने मन छ भन्नुभएको थियो। तर थलीमा भ्याउनुभएन, साँखुमा पनि त्यस्तै भयो, कोटेश्वर पनि भ्याउनुभएन, बल्ल आज पेप्सीकोला साथ जुर्यो।’