शंकर के सी
सल्यान, १५ मंसिर । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सल्यानको कपुरकोट बजारलाई तरकारी स्मार्ट बजारको रुपमा विकास गर्ने जनाएको छ । व्यवस्थीत र सुनदर गाउँ, बजार बनाउनका लागि कपुरकोट लगाएत भिभिन्न बजारलाइ स्मार्ट बजारको रुपमा विकास गर्ने सल्यानमा बाम गठबन्धनको साझा प्रतिवद्धतामा उल्लेख गरिएको छ ।
पाँच वर्षमा पूर्वाधार विकास र दश वर्षमा व्यवस्थीत एकिकृत वस्ती निर्माण गरिने प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार तथा माओवादी नेता टेक बहादुर वस्नेतले बताए । उनले विगतको संक्रमणकालिन अवस्थाको १० वर्षमा गरिने काम अवको ५ वर्षमा सम्पन्न गर्न सकिने बताए ।
उनले भने–‘कतीपयले हाम्रो प्रतिवद्धतापत्रलाइ बढि महत्वकाक्षि भनेका छन्, तर त्यसो होइन । पहिले एउटा मात्रै सरकार थियो, अव तीन वटा सरकारले काम गर्ने हो, काम छिट्टै हुन्छ ।