रुकुम, १५ मंसिर । एसिड हालेपछि मतपेटिकामा आगोलागेर मतदान स्थगित भएको रुकुमका दुई मतदान केन्द्रमा आज पुनःमतदान शुरु एको छ ।
दुबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान चलिरहेको छ । मतदाताहरु मतदान केन्द्रमा आईरहेको र मतदान गरिरहेको बाँफिकोट ५ मतदान केन्द्रका मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।