काठमाडौं, १५ मंसिर । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७३५ रहेको जनाएको छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ ।
७० प्रतिशत संक्रमण असुरक्षित यौनसम्पर्कबाट
निर्देशक लामिछानेले नेपालमा ७०५ एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेको बताए । उनका अनुसार १४ हजार ५४४ जना एचआइभी संक्रमितले मात्रै उपचार गराइरहेका छन् । ‘आजका दिनसम्म पनि एचआइभी संक्रमित खुलेर आउने गरेका छैनन्,’ उनले भने । धेरै संक्रमित परिवारको डरका कारण भारतमा गएर उपचार गराउन बाध्य भएको उनले बताए । एचआइभी रोकथामका लागि सरकारले यस वर्ष ५० करोड र निःशुल्क औषधिका लागि १४ करोड विनियोजन गरेको छ । नयाँ पत्रिकाबाट